६ चैत, दाङ – दाङको राप्ती गाउँपालिका–२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा गएराती सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को प्रत्यक्ष तर्फको निर्वाचनमा विनोद कुमार सोनीको प्यानल विजय भएको छ ।
मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैटौं) बाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार सोनीले २ सय १४ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश पुनले १ सय ५८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सचिवमा दिपक शर्मा १ सय ९३ मत सहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट सचिव पदका उम्मेदवार भुवन भट्टराईले १ सय ६५ मत प्राप्त गर्नुभएको छ । यस्तै कोषाध्यक्षमा मन्दिप पोख्रेल १ सय ८९ मत प्राप्त गर्दै विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट कोषाध्यक्ष पदका उम्मेदवार निसम पोख्रेलले १३४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सदस्यहरूमा सोनीको प्यालबाटै सदस्यहरूमा अनिल चौधरी १ सय ८३ मत मणिप्रसाद पौडेल १सय ८८ मत, भुपिन्द्र परियार १ सय ८६ मत, सौरभ पोख्रेल १ सय ८८ मत र रविना कँवुरले १सय ८३ मत ल्याएर विजयी भएका छन् ।
यस्तै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट सदस्यतर्फ सुनसरी चौधरी १ सय ५४ मत, तारा कुमारी पुन १ सय ५४ मत, भोजराज पोख्रेल १ सय ५६ मत, लक्ष्मण चौधरी १ सय ५५ मत र सुवासना मल्ल १ सय ५९ मत प्राप्त गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुबाट अध्यक्ष पदमा अनिल सुनारले १ सय ८ मत प्राप्त गर्नुभएको छ । सचिवमा प्रकाश जेठारा १ सय १५ मत प्राप्त गरे भने कोषाध्यक्षमा निमराज गौतम १ सय ५२ मत मात्र पाउनुभयो ।
सदस्यतर्फ शिवराम कंडेल १ सय ४६, बबी कुमारी चौधरी १ सय ३०, मनिषा खड्का १ सय ३६, सविन शर्मा १ सय १६ र जालुमाया सुनार १ सय १३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक आनन्द लामिछानेले जानकारी दिनुभयो । निर्वाचनमा कुल ७२५ मतदाता मध्ये ४८५ मत खसेको थियो। भने १ मत बदर भएको निर्वाचन समितिका संयोजक लामिछानेले बताउनुभयो ।