२०८१ जेष्ठ ३० गते बुधवार

दाङमा जुवा खेलिरहेका सात जुवाडे पक्राउ



५ चैत,घोराही -दाङ तुलसीपुरको होटेलमा जुवा खेलिरहेको अवस्थामा शनिबार दिउँसो सात जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ७ का ३७ वर्षीय राजेश श्रेष्ठ, तुलसीपर ५ का ३० वर्षीय साहिद राई, २४ वर्षीय राज खान, ३४ वर्षीय ईश्वरी खान, तुलसीपर(६ का ३० वर्षीय कृष्णकुमार गुप्ता, तुलसीपुर १२ का २९ वर्षीय टोपेन्द्र बुढा मगर र नेपालगन्ज १६ का २४ वर्षीय सलमान साह छन्।

तुलसीपुर ५ बसपार्कस्थित ग्रीन भ्याली होटेलबाट ७८ हजार बढी रकमसहित उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। अर्यालका अजुसार होटेलको तेस्रो तलाबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउ परेकामाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाएर आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्