२०८० फाल्गुन ११ गते शुक्रवार

सैद्धान्तिकसँगै व्यवहारिक शिक्षामा जोड




५ चैत्र, तुलसीपुर- घोराही १५ रतनपुरबाट सञ्चालनमा आएको गुरुकुल एकेडेमीले आज पत्रकार सम्मेलन गरेर आगामी शैक्षिक शत्रका लागी नयाँ विद्यार्थि भर्ना कार्यक्रमका बारेमा जानकारी गराएको छ । एकेडेमीका साहायक प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरिएको हो ।

स्थापनाकालदेखी नै संख्यात्मक भन्दा शैक्षिक गुणस्तरियतालाई प्रथामिकता दिदै आएको गुरुकुल एकेडेमीले आगामी शैक्षिक शत्रमा कक्षा एकका लागी २४ सिटमा र ११ का लागी विज्ञान र व्यवस्थापन संकालयमा दुई सिफ्टमा गरेर ८०/८० जना नयाँ विद्यार्थि भर्ना लिईने साहायक प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो । यसका साथै कक्षा २ देखी ९ सम्मका अन्य विद्यालयका उत्कृष्ठ २/२ जना विद्यार्थिलाई मात्र भर्ना लिईने उहाँले जानकारी दिनुभएको हो ।

एकेडेमीले आगामी शैक्षिक शत्रका लागी भर्ना फारम चैत १५ गतेदेखी खुल्ला गर्ने तथा प्रवेश परीक्षा आगमी वर्षको वैशाक १० गते हुने उहाँले बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केसीले गुरुकुल एकेडेमीले विद्यार्थिलाई आज्ञाकारी र अनुशासीतसङ्गै जिम्मेवार बनाउने कुरामा जोड दिएको पाईएको बताउनु भयो । शिक्षा र शिक्षण सिकाईसंगै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताउनु भयो । एकेडेमीका प्लस टु संयोजक निमान्द गैरेको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलनको सहजिकरण शिक्षक बिबेक देवकोटाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्