२०८० फाल्गुन १२ गते शनिवार

प्युठान बस दुर्घटना अपडेटः एक बालकको मृत्यु, ३३ जना यात्रु घाईते (नामावली सहित)




५ चैत, घोराही – प्युठानबाट दाङको घोराही आउदै गरेको बस दुर्घटनामा परि मृत्युभएका र घाईतेको नाम ठेगाना खुलेको छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर २ आपचौरबाट घोराही आउदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार विहान साढे १० बजे सेतापरामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि घोराही उपमहानगरपालिका ३ बन्जाडीका एक बर्षिय बालक अंशु परिवारको मृत्युभएको छ । मृतक बालकको आमा २६ बर्षिय सावित्री परियार घाईते हुनुभएको छ । उक्त दुर्घटनामा परि ३३ जना घाईते भएका छन् ।

जस अनुसार माण्डवी गाउँपालिका १ का रिचा केसी, ४२ बर्षिय शशिधर घर्ती, वडा नम्बर २ का ६८ बर्षिय अमृत कामी, १७ बर्षिया कमला खड्का, १८ बर्षिया देवकला खड्का, २१ बर्षिया पद्मा पुन, २० बर्षिया जिविता पुन, २३ बर्षिय मेघराज बैजाली, ६ बर्षिया स्मीता परियार, २३ बर्षिया रेणु खत्री, १८ बर्षिय सन्जय वली, २० बर्षिय सुरेश खत्री, ५७ बर्षिया तुलसी सुनार, ४८ बर्षिया सुमित्रा सुनार, १३ बर्षिय सन्तोष सुनार, १९ बर्षिया रेखाकुमार विक, २ बर्षिया सजिता पुन, २२ बर्षिया जोनी पुनमगर, ३ नम्बर वडाका २४ बर्षिया मिरा परियार र ६२ बर्षिया खिमा खड्का, वडा नम्बर ४ का १८ बर्षिया प्रेमिका अधिकारी, ४ बर्षिय भरत परियार, ४५ बर्षिया तुलसीदेवी परियार घाईते हुनुभएको छ ।

अन्य घाईतेहरुमा बंगलाचुली २ का २० बर्षिय बसका सहचालक श्रीधर सुबेदी, ३ का २६ बर्षिय आनबहादुर विक, ३ कै १२ बर्षिय ओमप्रकाश विक, १२ बर्षिय ओमप्रकाश विका र ४ का २४ बर्षिय सरद खड्का घाईते हुनुभएको छ ।

स्वर्गद्धारी नगरपालिका १ का २३ बर्षिया पवित्रा सुबेदी, १ बर्षिय अरुण सुबेदी, गढवा गाउँपालिका १ का ३४ बर्षिया खिमा विक र सालिन विक पनि घाईते हुनुभएको छ । घाईते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्