५ चैत, घोराही – थारु पत्रकार संघ दाङको पाँचौ अधिवेसन आज घोराहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष नविन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा अधिवेसन सम्पन्न भएको हो ।
अधिवेसनले नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा पुनः नविन चौधरी चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा निता चौधरी, इन्द्र बहादुर चौधरी, सचिवमा सरिता चौधरी, सह सचिवमा एलिजा चौधरी, कोषाध्यक्षमा नागेन्द्र चौधरी चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा आरएम जगित कुसुम्या, डिला चौधरी, तिर्थ चौधरी, शुक्रराज चौधरी, शुजना चौधरी, बुद्धि विवस चौधरी, सरिता सरु, विष्णु कुसुम र सालिकराम चौधरी रहनुभएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य विष्णु कुसुमले राख्नुभएको थियो भने सहजिकरण संघका सचिव निता चौधरीले गर्नुभएको थियो ।।