२०८० फाल्गुन १२ गते शनिवार

प्युठानबाट घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना



५ चैत, दाङ – प्युठानबाट दाङको घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर २ सेतो पहर नजिक बस दुर्घटना हुँदा एक बालकको घटना स्थलमा मृत्यु भएको छ भने अन्य यात्रु घाईते भएका छन् ।

ना ३ ख ७१३२ नम्बरको बसमा सवार करिव एक दर्जन बढी यात्रु घाईते भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना अघि साढे १० बजेतिर भएको हो । बसमा कति यात्रु थिए भन्ने अझै पत्ता लागेको छैन । घटना स्थलमा अहिले बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली सहित स्थानीय उद्धारमा खटिएका छन् ।
दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाईतेलाई अहिले स्थानीयले उद्धार गरि मुर्कुटी अस्पतालमा लगेका छन् । घटना स्थलमा अहिले प्रहरी टोली जाँदैछ । बस तीव्र गतिका दुर्घटनामा परेका यात्रु सुरेश खत्रीले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्