२०८१ जेष्ठ ३० गते बुधवार

शान्तिनगर गाउँपालिकामा मतदाताको संख्या २१ हजार नाघ्यो



५ चैत, दाङ – दाङको शान्तिनगर गाउँपालिकामा मतदाताको संख्या २१ हजार नाघेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका भित्र १५ हजार ६ सय १ मतदाता संख्या रहेकोमा यस पटक बढेर २१ हजार १ सय ७९ पुगेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

आउदो स्थानिय तहको चुनावमा गाउँपालिका भित्र पाँच हजार बढि मतदाता थपिएका छन् । पाँच वर्षको अवधीमा गाउँपालिका भित्र मतदाता संख्या ५ हजार ५ सय ७८ जनाले बृद्धि भएको छ । यस्तैगरी आउदो स्थानिय तहको निर्वाचनमा मतदान केन्द्र पनि थप गरिएको छ ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिकामा १९ वटा मतदान केन्द्र रहेकोमा यस पटक बढाएर २५ पु¥याईएको छ । मतदान स्थल भने ९ नै कायम गरिएको निर्वाचन कार्यालयले बताएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्