२०८० फाल्गुन १२ गते शनिवार

रूकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते



५ चैत, रूकुम पूर्व- रूकुम पूर्वमा ट्याक्टर दुर्घटना  हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-१२ राङ्सीबाट रूकुमकोटतर्फ जाँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर शुक्रबारसाँझ दुर्घटना भएको थियो।

उक्त स्थानमा फोन सम्पर्क हुन नसकेको हुँदा मृतकको पहिचान अझैं खुल्न नसकेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले बताए।  ‘घटनास्थल विकट स्थान हो र त्यहाँ फोन सम्पर्क हुन सकेको छैन,’ बिसीले भने, ‘त्यसैले अहिलेसम्म मृतकको पहिचान खुलिसकेको छैन।’

घाइतेको उपचारको लागि रूकुमकोट अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनाका घाइतेहरू  पुथाउत्तरगंगा गाउँपालिकाका ३२ वर्षीय विरप्रताप बुढा र अर्का एक जना घाइतेलाई थप उपचारका लागि सुर्खेतहुँदै नेपालगञ्जतर्फ लैजान लागिएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन। चालक भने फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। file photo

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्