२०८१ बैशाख २ गते आइतवार

प्रेस युनियन दाङ द्धारा स्वागत तथा सम्मान कार्यक्रम



६ फागुन,घोराही ।
नेपाल प्रेस युनियन दाङ शाखाले आज विभिन्न क्षेत्रका नवनिर्वाचित व्यक्तिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

युनियनले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का केन्द्रिय अध्यक्षमा निर्वाचित अर्जुन गिरीलाई, अकोराबकै केन्द्रिय सदस्यमा निर्वाचित रोशनमान श्रेष्ठ, संगित बस्याल, शुक्रराज भण्डारी, लुम्बिनी प्रदेशको सचिवमा निर्वाचित बालकृष्ण पाण्डेलाई सम्मान गरेको हो ।

यसैगरी प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शुशिल बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहाकार शरद रेग्मी र दाङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहाकार अम्मराज आचार्यलाई सम्मान गरिएको हो ।

नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाको बिशिष्ट आतिथ्यतामा तुलसीपुरमा सम्मान गरिएको हो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष नारायण खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्