चैत ६, घोराही। साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवार स्थानिय बजारमा पहेँलो धातु सुनको भाउ रू। ५०० ले घटेकोे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू। ८६ हजार ७०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू। ८७ हजार २०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू। ५०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ८६ हजार २५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ८६ हजार ७५० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीवार प्रतितोला रू। एक हजार २९० मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू। एक हजार २७५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू। १५ ले घटेको हो ।