७ फागुन,घोराही -महेन्द्र बहुमुखी क्याम्पस भरपुर दाङका उप–प्राध्यापक सुन्दर गौतमले लेख्नुभएको सकारात्मक सोचको भाव बोकेको ‘नैतिक तथा नागरिक शिक्षा’ नामक पुस्तककोे विमोचन गरिएको छ ।
सर्वाेदय पुस्तकालय तथा वाचनालय दाङको आयोजनामा आज घोराहीका एक कार्यक्रमको आयोजना गरि पुस्तकको महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख देवमणी गौतमले विमोचन गर्नुभएको हो । पुस्तकालयका अध्यक्ष शुसिल गौतमको अध्यक्षता एवं पूर्व क्याम्पस प्रमुख देवमणी गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
बालबालिकालाई लक्षित गरेर प्रकाशन गरिएको पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथी गौतमले नैतिक, सामाजिक र व्यवहारिक शिक्षा प्राप्त गर्न सके मात्रै आजका बालबालिका भविष्यमा सफलसँगै असल नागरिक बन्न सक्ने बताउनुभयो । सकारात्मक शिक्षाले समाजलाई सभ्य र अनुशासित बनाउदै देशलाई सम्बृद्ध बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
यस्तै कर्ण सकारात्मक कोषका अभियान्ता कर्ण शाक्य, राप्ति साहित्य परिषदका वरिष्ठ उपाध्यक्ष कमलमणी देवकोटा, सर्वाेदय पुस्तकालयका सल्लाहकार उत्तमकृष्ण मज्गैया, सहप्राध्यापक प्रेम शाह, प्रलेसका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्मा, सामाजिक अभियान्ता विमला योगी, सहित्यकार राधिकादेवी आचार्य, पद्मोदय पब्लिक नमुना माविका प्रधानाध्यापक रामप्रसाद जैसी, सर्बोदय बाल क्लवका सल्लाहकार नविन श्रेष्ठले सकारात्मक सकारात्मक शिक्षा र सोचले नै सबै क्षेत्रको विकास हुने धारणा राखेका हुन् । समाजमा सकारात्मक भन्दा नकारत्मक विचार र बहस सृजना हुदै गएको भन्दै बक्ताहरुले विद्यालय शिक्षाबाटै नैतिक र सकारात्मक सोचको सिकाई हुनुपर्नेमा जोड दिएका छन् ।
नागरिक शिक्षा, नैतिक शिक्षा, स्वास्थ्य र सरसफाई शिक्षा, सामाजिक शिक्षा, सकारात्मक सोचको विकास, धार्मिक, साँस्कृतिक एवं प्राकृतिक शिक्षा लगाएतका विषयमा चर्चा गरिएको पुस्तको समिक्षा गर्दै उप्राध्यापक किशोरचन्द्र गौतमले बाल मस्तिषकमा सकारात्मक सोचको विकास गर्न पुस्तकले ठुलो सहयोग पुराउने बताउनु भयो ।कार्यक्रममा पुस्तक लेखक उप–प्रध्यापक गौतमले सकारात्मक सोचलाई दैनिकी र व्यवहारमा लागु गर्दै अवका युवा पुस्ता देशमै स्वरोजगार बन्दै उद्यमशिलतामा रमाउन प्रेरिरत गर्ने उद्देश्यका साथ पुस्तक लेखेको बताउनु भयो ।
पुस्तकालयका उपाध्यक्ष चन्द्रराज पन्थको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुदिप गौतमले गर्नुभएको थियो । यसैविच कार्यक्रमका अवसरमा सल्लाहकार उत्तमकृष्ण मज्गैया, साहित्यकार राधिका आचार्य र सहप्राध्यापक प्रेम शाहले पुस्तकालयका अध्यक्ष शुशिल गौतमलाई विभिन्न साहित्यीक तथा ज्ञानब्रदक पुस्तकहरु हस्तान्तरण गर्नुभएको थियो ।।