७ फागुन,घोराही-
भारतसंग जोडिएका सीमावर्ती क्षेत्रमा रहेका नेपाल प्रहरीका अधिकांश प्रहरी चौकी भाडाका घरमा संचालन हुदैँ आएका छन् ।
भारतसंग जोडिएका दाङका सीमावर्ती क्षेत्रमा स्थापना भएका अधिकांश नेपाल प्रहरीका प्रहरी चौकी भाडाका घरबाट संचालन हुदैँ आइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सीमावर्ती क्षेत्रमा छवटा नेपाल प्रहरीका प्रहरी चौकीहरु रहेका छन् ।
छवटा प्रहरी चौकी मध्य चारवटा घरबाट संचालित छन् भने अन्य दुइवटा मध्य एउटा आफ्नै भवनबाट र अर्को खानेपानीको भवनबाट संचालित हुदैँ आइरहको जनाइएको छ ।।
प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार