७ फागुन,घोराही –
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दाङका १२ जना सहित देशभरका ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा हुन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो ।
जसमा घोराही कारागारबाट ७ जना र तुलसीपुर कारागारबाट ५ जना गरी दाङका १२ जनाको बाँकी कैद मिनाह हुन लागेको तुलसीपुर कारागारका प्रमुख अमरबहादुर वलीले जानकारी दिनुभएको छ ।
घोराही कारागारबाट छुट्न लागेकामा सवारी ज्यान मुद्धामा तिन जना, कर्तव्य ज्यान, बहुविवाह, नकबजनिक चोरी मुद्धामा र झुटो वितरण पेस गरी नक्कली नागरिकता लिने एक÷एक जना गरी ७ जनालाई बाकी कैद मिनाह गरिएको छ ।
यस्तै तुलसीपुर कारागारबाट कर्तव्य ज्यान मुद्धामा दुई जना, खोटा चलन, डाका चोरी र ज्यान मार्ने उद्योग मुद्धाका एक÷एक गरी ५ जनालाई छाड्न लागिएको जेलर वलीले जानकारी दिनुभयो ।।