२०८१ चैत्र ११ गते सोमवार

वार्षिकोत्वसका अवसरमा रक्तदान, आज ओपिडी सेवा फ्रि



७ फागुन,घोराही ।
घोराहीमा रहेको गोर्खा हस्पिटल प्रा.लिले नवौं वार्षिकोत्वसका अवरमा रक्तदान कार्यक्रम गरेको छ । आज हस्पिटलमै भएको रक्तदान कार्यक्रममा हस्पिटलका कर्मचारीसँगै विभिन्न क्षेत्रका २४ जनाले रक्तदान गरेको अस्पतालका प्रशासक दिनेश आचार्यले जानकारी दिनुभयो ।

आचार्यसहित डा. कुवेर रेग्मी, डा. सविन आचार्य, डा. तिलक केसी, डा.सविन आचार्य,डिल्ली रावल,देभराज बुढामगर,केशब धिताल, युबराज चौधरी, बिना श्रेष्ठ (बुढा) खुसीराम चौधरी,नरेश धीताल,बधु चौधरी, बिशाल श्रेष्ठ, शान्ति ओली, मञ्जु बुढामगर, दिपा ओली, शारदा न्यौपाने, शुरेस के.सी, राज कुमार चौधरी, कहेश गुरुङ, भुप बहादुर राना, बसन्त आचार्य, गोबिन्द ओली र गोविन्द चौधरीले रक्तदान गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा हस्पिटलमा आज एक दिनका लागि ओपिडी सेवा निशुल्क गरेको र अन्य सेवामा पनि ५० प्रतिशत छुट गरिएको प्रशासक आचार्यले बताउनुभयो ।

जसमा ओपिडी सेवा मार्फत निशुल्क २ सय ३८ जनाले सेवा लिएको उहाँको भनाई रहेको छ । हस्पिटलले २४ सै घण्टा ईमर्जेन्सी सेवा, अप्रेसन, ईन्डोस्कोपी, प्याथोलोजी, भिडियो एक्स रे आदि सेवा दिदै आएको छ ।।

 

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्