२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुरको शैक्षिक गुणस्तर खस्कदो



७ फागुन,दाङ ।                                                  फाईलफोटो
तुलसीपुर उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यायलमा सोचे अनुरूपको शैक्षिक गुणस्तरमा सुधार नआएको एक तथ्याङ्कले देखाएको छ । सर्वेक्षण २०७६ भदौ १ गतेदेखि ३१ गतेसम्म कक्षा एकदेखि आठ कक्षासम्मका २८ हजार ६६ जना विद्यार्थीमा सर्वेक्षण गर्दा १६ प्रतिशत विद्यार्थी अनुपस्थित भएको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण गर्दा मोबाइल अनलाइन एपको माध्यमबाट प्रश्नावली तयार गरी मौखिक सर्वेक्षण गरिएको थियो । उपमहानगरले सार्वजनिक गरेको प्रतिवेदन विद्यालयको पूर्वाधार, विद्यार्थीको जातिगत, लैंगिक आधारमा सिकाइ उपलब्धी मापन, विद्यार्थीको घरायसी, सामाजिक, आर्थिक अवस्था र त्यसले सिकाइमा प्रभावको विश्लेषण, घरपरिवार र विद्यालयमा बालमैत्री अवस्थाको विश्लेषण गरिएको छ ।

साथै पुस्तिकामा सिकाइ उपलब्धी मापनमा अक्षर, शब्द, वाक्य, पाठको पठन क्षमता, बोध मूल्यांकन, गणितीय साक्षरता, जोड़ घटाउ, गुणन र भाग सम्बन्धी ज्ञानको मूल्यांकन प्रस्तुत गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा कक्षा बढाइ अनुसार सिकाइ उपलब्धी न्यून देखिएको तुलसीपुर असर प्रतिवेदनले देखाएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्