२०८१ फाल्गुन ४ गते आइतवार

माउन्ट केटुको आरोहरणमा गएका तीन जनाको मृत्यु



७ फागुन,काठमाडौँ– विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीन जना आरोहीको मृत्यु भएको पाकिस्तान सरकारले जनाएको छ ।

यसै महिनाको अन्तिमतिर केटुको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले उनीहरूलाई पाकिस्तानले मृत घोषणा गरेको हो ।

पाकिस्तानी मौसम विभागका अधिकारीहरूले खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजी गर्न समस्या परेको बताएको अनर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका थिए । केटू हिमाललाई संसारकै सबैभन्दा खतरनाक मानिन्छ ।

हराइरहेका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

यसअघि सन् २००८ मा पनि केटु हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्