६ माघ, घोराही- गोली हानेर साथीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेकालाई दाङ प्रहरीले सार्बजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरेर दंगीशरण- २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण-२ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेको जानकारी दिएको हो । घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलनको आयाृेजना गरेर जानकारी गराएपनि यस अगाडिनै खबर बाहिरी सकेको थियो ।
छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको हो । माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए । उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए । प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।।