२०८१ फाल्गुन ३ गते शनिवार

प्यूठानमा सवारी साधनको भाडादर निर्धारण



६ माघ, दाङ- प्युठान जिल्ला भित्रका रुटमा चल्ने सवारी साधनको भाडादर निर्धारण गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा यातायात ब्यवसायी, यातायात कार्यालयका प्रतिनिधि तथा सरोकारवालाकाबिच भएको छलफलबाट जिल्लाको सबैखाले सडक खण्डमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर कायम गरिएको हो ।
जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जिसीले पक्की सडक, ग्राभेल र कच्ची सडकको बर्गिकरण गरेर भाडादर निर्धारण गरिएको बताउनुभयो ।
निर्धारण गरिएको भाडादरअनुसार अब सानो सवारीसाधन जिपले पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपियाँ, ग्राभेल सडकमा ११ रुपियाँ, कच्ची सडकमा प्रतिकिलोमिटर १४ रुपियाँ भाडा लिन पाउने छन । यस्तै ठुला सवारी बसले पक्की सडकमा प्रतिकिलोमिटर ६ रुपियाँ, ग्राबेल सडकमा ८ रुपियाँ र कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपियाँ भाडादर निर्धारण गरिएको जिसीले जानकारी दिनुभयो ।
राष्ट्रिय लोकमार्गका हकमा भने प्रचलित कानुनअनुसारकै भाडादर कायम हुने उहाँले जानकारी दिनुभयो । नयाँ भाडादर कायम भएसँगै जिल्लामा हालको भाडादरमा केहि हेरफेर भएको छ ।
पहिलेको तुलनामा जिल्लामा सार्वजनिक सवारीसाधनको भाडादर तुलनात्मक रुपमा घट्ने नमस्ते गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष लिलाप केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्