५ माघ,घोराही –
दाङमा आज (बुधबार) थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ३०जनामा गरिएको पिसीआर परिक्षणबाट १६ जना र विभिन्न स्थानिय तहमा २०३ जनाको एन्टिजेन परिक्षणबाट ७६ जना गरि ८९ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा पिसिआरबाट घोराहीका ७ जना, राप्तीका ६ जना,तुलसीपुरका २ जना र शान्तिनगरका १ जनामा रहेका छन् । त्यस्तै एन्टिजेनबाट तुलसीपुरका ६९ जना, शान्तिनगर र दंगिशरणका एक÷ एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच वितेको २४ घण्टामा पिसिआर र एन्टिजेनबाट १८२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ३५७ जना रहेको छ । उनीहरुमध्ये ३५१ जना घरमा, २ जना सामान्य उपचारमा र ४ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको भनाई छ ।।