२०८१ माघ ४ गते शुक्रवार

रोल्पामा हत्या भएको ६ महिनापछि कंकाल भेटियो



४ माघ, घोराही –
वेपत्ता भएको ६ महिनापछि रोल्पाका एक जनाको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकी देखि वेपत्ता हुुुनुुभएको थियो ।

छिमेकीको घरमा गएका ठाकुर वेपत्ता भएपछि छिमेकी लोकेन्द्र खड्काले यसअघि नै हत्या गरेको स्वीकारे पनि शव भने भेटिएको थिएन ।

माघ २ गते बिहान ७ बजे रोल्पा त्रिवेणी ६ निम्टेखोला छेउमा कंकाल फेला परेको इलाका प्रहरी चौकी जुगारका इन्चार्ज प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेलले जानकारी दिनुभएको छ ।

आरोपित खड्काले हत्या गरेर शव गाडेको स्थान नबताएका कारण शव फेला नपरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्