२०८१ चैत्र ११ गते सोमवार

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमद्धारा निषेधाज्ञा जारी



६ माघ,घोराही । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निषेधाज्ञा जारी गरेको छ । जिल्लाको आठबीसकोट स्थित राडी बजार क्षेत्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनले निषेधाज्ञा जारी गरेको हो ।

मंगलबार साँझ ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिग प्रहरीले हवाइ फायर तथा अश्रुग्यास समेत प्रहार गरेको थियो ।

नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन् ।
प्रशासनद्वारा जारी सूचना

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्