२०८२ बैशाख ९ गते सोमवार

उपमेयर कप छात्रा भलिवल प्रतियोगिता आजबाट सुरु




६ माघ,घोराही ।
घोराही उपमहानगर पालिकाको आयोजनामा दोश्रो उप मेयर कप छात्रा भलिवल प्रतियोगिता २०७७ आजबाट सन्चालन भएको छ । आज भएको पहिलो खेलमा पद्मोदय पब्लिक उच्च माध्यमिक विद्यालय र सिद्धरत्न मा. वि. नारायणपुर विच भएको थियो । प.प.मा. वि. भरतपुरले मा.वि. नारायणपुरलाई २५−४,२५−१४ र २५−१्२ को सोझो सेटमा पराजित गरेको छ भने मा।वि। रझेना र बालविकास मा.वि. विच भएको खेलमा बालविकास मा.वि. ले २५−२२,२५−१९ , २३−२५, १६−२५ र १५−११ अंकमा मा.वि. रझेनालाई पराजित गरेकोछ । आजै भएको ज्ञानसिन्धु मा.वि.ले मा.वि.हापुर विजौरीलाई २५−१७,२५−२१ , र २५−२२ को सोझो सेटमा पराजित गरेको छ भने आजै भएको प.प.उ.मा.वि र गोरक्षरत्न मा.वि. चौघेरा विच भएको अन्तिम खेलमा मा.वि. भरतपुरले चौघेरा मा.वि. लाई २५−४,२५−९ , र २५−६ अंकको सोझो सेटमा पराजित गरेकोछ । भोलीको खेल विहान ११ः०० बजे देखि सिद्धरत्न मा.वि. नारायणपुर र गोरक्ष मा.वि. चौघेरा, प.प.उ.मा.वि भरतपुर र ज्ञानसिन्धु मा.वि, मा.वि. हापुर विजौरी र बालविकास मा.वि. घोराही, सिद्धरत्न मा.वि. नारायणपुर र मा.वि. रझेना विच हुने र खेलको फाइनल खेल माघ १३ गते हुने खेल व्यवस्थापक केदारराज श्रेष्ठले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्