६ माघ,घोराही ।
घोराहीमा जारी चौथो मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगितामा आज घोराही उपमहानगरपालिका वडा नम्बर ७ र वडा नम्बर १५ का खेलाडी विजयी भएका छन् । नवलपुर खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ९ लाई ७ गोलका विरुद्ध १ गोलले पराजित गरेको हो ।
९० मिनेटको खेलमा वडा नम्बर ७ का यन्जल रोकाले ५ र समिर योगीले २ गोल गरि टिमलाई विजयी गराउनुभएको थियो भने वडा नम्बर ९ का गगन बुढाले १ गोल गरेको खेल व्यवस्थापक दिपक पुनले जानकारी दिनुभएको छ ।
त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १५ ले वडा नम्बर ५ का खेलाडीलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो । वडा नम्बर १५ का बादल योगी र शुशिल कुमार बानियाँले एक एक गोल गर्नुभएको थियो । भोली पनि दुई खेलहरु हुने छन् ।
मध्यान्न १२ बजे वडा नम्बर ४ र ११ का खेलाडी विच प्रतिस्पर्धा हुने छ भने दिउँसो २ बजे वडा नम्बर ३ र १२ का खेलाडी विच प्रतिस्पर्धा हुने छ । घोराही उपमहानगरपालिकाको आयोजनामा अस्ति देखी नवलपुर खेल मैदानमा चौथो मेयरकप रनिङ फुटवल प्रतियोगिता सुरु भएको हो ।।