२०८१ माघ ७ गते सोमवार

डम्परले फुटपाथमा सुतिरहेका २० जनालाई किच्दा १५ को मृत्यु



६ माघ । भारतको गुजरातस्थित कोसाम्बामा डम्परले २० जनालाई किचेको छ । जसमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनीहरु सबै मजदूर रहेको बताइएको छ ।
उनीहरु राजस्थानको बान्सवाडा जिल्लाको कुशलगढका थिए । यो दुर्घटना हिजो राती भएको थियो । उनीहरु सबै फुटपाथमा सुतिरहेका थिए ।

त्यहि बेला उनीहरुमाथि डम्पर चढेको थियो । १२ जनाको घटनास्थलमै मृत्यु भएको र ८ जनाको गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । जसमा पछि तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मृतकमा सफेसा फ्यूसय, शोभना, राकेश, दिलीप ठाकरा, नरेश बालू, विकेश महिदा, मुकेश महिदा, लीला मुकेश, मनीषा र चढा रहेको बताइएको छ । बाँकी ५ जना मृतकको सनाखत भएको छैन ।

घटनामा २ वर्षकी बालिका र एक वर्षका बालकको समेत मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्