२०८२ बैशाख १२ गते बिहिवार

घोराही १९ साविक सैघाको सबै वडामा विद्युत विस्तार कहिले ?



३ पुस । घोराही उपमहानगरपालिका वडा नं १९ साविकको सैघा उपमहनगरपालीकाको वडा भएर पनि भौगोलिक तथा बिकासका पूर्वाधारहरुबाट पछाडी परेको छ । त्यहाँ विद्युत, खानेपानि, तथा गुणस्तरीय शिक्षाको समेत समस्या रहेको स्थानीय वासीको गुनासो छ । त्यसो त गत वर्ष मात्र वडा कार्यालय सम्म विद्युत पुगेको छ । तर वडा कार्यालय सम्म पुगेको विजुली वत्ती स्थानीय वासीको वस्तीसम्म नपुगेको स्थानीय वासीको भनाइ छ । विद्युत नहुदा धेरै समस्याहरु झेल्नु परेको स्थानीय वासीहरुको भनाइ छ । बिद्युत समस्याका कारण आफ्नो नानीबाबुको पठनपाठनमा समते समस्या भएको पाँचपोखरी निवासी धनकली घर्तिले बताउनुभयो । बिद्यालयबाट दिएको गृहकार्य गर्दा पनि आफ्नो नानीबाबुलाई समस्या हुने गरेको उहाँको भनाइ छ । अहिले सोलारबाट काम चलाइरहेको भए पनि वर्षातको समयमा पानी आएको बेला सोलारले पनि काम नगर्दा धेरै समस्या हुने गरेको अर्का स्थानीय वासी निर्मला पुनको भनाइ छ । भौगोलीक विकटताका कारण बालबालिकालाइ विद्यालय पुग्न पनि निकै सास्ती रहेको स्थानीयवासीको गुनासो छ । विद्यालय पुग्न घण्टौ समय लाग्ने भएकाले विद्यालय छोड्नसम्म बाध्य हुने गरेको स्थानीयको भनाइ छ ।

विगत लामो समय देखि नै जनप्रतिनिधिहरुले विद्युतको समस्या परिपुर्ति गर्छौ भने पनि अहीले सम्म पनि समस्याको समाधान हुन नसकेको स्थानीय वासी दलबहादुर घर्ति.को भनाइ छ । उहाँले भन्नुभयो पाँचपोखरीमा पानीको निकै समस्या रहेको र अहिले लिफ्टिङ मार्फत पाँचपोखरी बजारमा पानी ल्याउनको लागी बजेट बिनियोजन भइसकेको छ । पानी लिफ्टिङको काम भइरहेको तर यसको लागि विद्युत बिना समस्याको समाधान नहुने भएकाले छिटो भन्दा छिटो बिद्युत विस्तार गर्नुपर्ने घर्तिको भनाई रहेको छ । गाउँ गाउँमा विद्युत विस्तारको लागि गत सालको टेण्डरमा काम भइरहेको तर कोरोना महामारीको कारणले ढिलासुस्ती भएको वडा अध्यक्ष हर्क बहादुर घर्तिले बताउनुभयो । गत सालको टेन्डरमा वडा कार्यालयसम्म र पश्चिम राम्चेसम्म विद्युत विस्तार भइसकेको र हाल त्यही गत सालकै टेन्डरमा सिद्धबाबा टोल खानीगाउँ, मिलिजुली टोल बयालिकोट, पुस्पाञ्जली टोल मौरीधारामा काम भइरहेको वडा अध्यक्ष घर्तिले बताउनुभयो । उहाँले अरु बाकी रहेका टोलसंस्थाबाट घरधुरीको संख्या कति छ भनि आफुले निवेदन दिने र त्यसको आधारमा वडाबाट विद्युत कार्यालयमा पेश हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो वडाको धेरैजसो गाउँमा पानीको पनि निकै समस्या हुने गरेको उहाँले बताउनुभयो । यसका लागि १४ वटा आयोजनाहरु सर्वे भइसकेकोमा ४ वटा योजनाहरुको काम पनि सुरु भइरहेको र बाकी १० वटा आयोजनाको काम पनि छिट्टै सुरु हुने उहाँको भनाइ रहेको छ ।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्