२०८१ माघ ५ गते शनिवार

प्रहरी बनाईदिन्छु भन्ने प्रलोभनमा नपर्न नेपाल प्रहरीको आग्रह



 ३ पुस ।
जिल्ला प्रहरी कार्यालय दाङले कसैले प्रहरीमा भर्ना बनाई दिन्छु भन्ने भ्रममा नपर्न सबैमा सचेत गराएको छ ।

नेपाल प्रहरी जवानको भर्नाका लागी यहि पुष ९ गतेदेखी देशभरका विभिन्न तालिम केन्द्रहरुमा परिक्षा प्रक्रिया सन्चालन हुन लागेको भन्दै कसैले प्रहरी बनाई दिन्छु भन्दै प्रलोभनमा पार्ने, आश्वासन दिने र भ्रम फैलाउने जस्ता गलत क्रियाकलाप हुन सक्ने भन्दै यस प्रति सचेत रहन सवैमा आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले एक सार्वजनिक सुचना जारी गदै रिक्त रहेका जनपदमा गएको असोज ३० गते र कार्यालय सहयोगीका लागी गत कात्तिक २१ गते दरखास्त आह्वान गरिएको थियो ।

नेपाल प्रहरीको छनोट प्रक्रिया स्वच्छ, निश्पक्ष, पारदर्शी, कानुन सम्वत हुने भएकाले प्रहरी बनाई दिन्छु भन्दै गैरकानुनी काम गर्ने व्यक्तिहरुबाट सावधानी रहन र यदि त्यसो भएको पाईएमा प्रहरीलाई सुचना दिन प्रहरीले अपिल गरेको छ ।।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्