२०८१ माघ २६ गते शनिवार

भारत बाट फर्केका राेल्पाका निम बहादुरकाे भिर बाट लडेर निधन



३ पुष । सुनिल स्मृति गाउँ पालिका ३ मिझिङ खाराका ३९ बर्षका निम बहादुर घर्ती मृत अवस्थामा फेला परेका छन । रोजगारीको लागि केही समय अगाडि भारत गएका उनको घर फर्कदै गर्दा घर नजिकैको भिर बाट खसेर निधन भएको हो ।
उनी भारतको गुजरात बाट पुस १ गते रोल्पा पुगेपनि घरमा पुगेका थिएन ।
उनी गाउँमा पुगेको थाहा भए पनि दुई दिन अगाडि बेपत्ता भएका थिए ।
बिहिबार स्थानीयहरुले छिर्ने भिर नजिकै मृत अवस्थामा उनलाई फेला पारेका हुन ।उनको निधन भिर बाट लडेर भएको हुन सक्ने स्थानीयले बताएका छन ।उनको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल लिवाङमा लगिएको छ ।घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्