२०८२ बैशाख ११ गते बुधवार

अब थापाथलीबाट निशुल्क खाना खुवाउने अभियान सुरु



३ मंसिर । खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई काठमाडौं महानगरले रोक लगाएपछि अभियन्ताहरुले थापाथलीमा खाना खुवाउन सुरु गरेका छन् ।

द हन्ड्रेड ग्रुप लगाएतका संघ संस्थाले बुधबारबाट काठमाडौंकै थापाथलीमा रहेको खुल्ला स्थानमा निःशुल्क खाना खुवाउने अभियान निरन्तरता दिएका हुन् । थापाथलीमा पनि उनीहरुले बिहान र बेलुका गरि दुई समय खाना खुवाएका छन् ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो ।

नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण भने महानगरले नै गर्ने बताइएको छ ।

सक्षम तथा काम गर्न सक्नेका लागि काम दिने र नसक्नेलाई निःशुल्क खाना खान खुवाउने नीति रहेको महानगरले बताउँदै आएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्