२०८१ फाल्गुन ४ गते आइतवार

दाङमा आज १२ जना कोरोना मुक्त, १ जनामा संक्रमण



१ कार्तिक, घोराही –
दाङमा १२ जना कोरोना संक्रणम मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुुसार तुलसीपुरका ५ जना, घोराहीका ३ जना, गढवाका २ जना र लमही र राप्तीका १/१ जना कोरोना मुक्त भएका हुन् ।

यसैविच आज एक जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५ जनाको पिसिआर जाँच गर्दा घोराहीका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३३ जना रहेको छ । ति मध्य २६ जना घरमा, ६ जना आईसीयूमा र १ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस्