२०८१ चैत्र १० गते आइतवार

दाङमा कात्तिके झरीले धानबालीमा ठूलो क्षति



१ कार्तिक, घोराही –
दाङमा पाक्नै लागेको धानबालीमा लगातार परेको पानीले ठूलो क्षति पु¥र्याएको छ । गएरातिदेखि परेको लगातारको पानीले पाकेको धान नोक्सान पारेपछि किसान चिन्तित भएका छन् । लगातारको पानीले खेतको धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥र्याएको किसानले बताएका छन् ।

तुलसीपुर १२ का स्थानीय बन्धु चौधारीका अनुसार पानीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हेमनगर जस्पुर क्षेत्रमा लगाएको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । वर्ष भरी खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको चौधरीले बताउनुभयो ।

लगातारको कात्तिके झरीले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्राउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने नकाटेको धान पनि वर्षाका कारण ढलेको छ । यसैबिच मौसमको अवस्था बुझेर मात्रै धान भित्राउन कृषि विज्ञले सुझाव दिएका छन् ।

धान पाके पनि पानीले भिजाउनु भन्दा केही दिन पर्खनु नै उपयुक्त हुने कृषि विज्ञको भनाइ छ । धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न धानबाली विज्ञ हरिकृष्ण उप्रेतीले सुझाव दिनुभयो ।।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस्