२०८२ बैशाख १२ गते बिहिवार

लगातार बर्षाका कारण जनजिवन प्रभावित



१ कात्तिक, घोराही –
लगातारको वर्षाका कारण दाङका खोला तथा नदीहरुमा पानीको बहाव बढेको छ । घोराही तुलसीपुर सडकखण्ड अन्र्तगत पत्रेखोलामा आएको बाढिका कारण साना सवारी साधन आवगमनमा समस्या भएको दाङ प्रहरीले जनाएको छ ।

ठुला सवारी साधन आवतजावत गरेपनि मोटरसाईकल, अटो, टेम्पोहरु खोलामा आएको बाढिका कारण रोकिएका छन् । यसैगरी लगातारको बर्षाका कारण जनजिवन प्रभावित बनेको छ ।

लगातार बर्षाका कारण हिडडुल गर्न समस्या भएको छ । केहि समय अघि नेपालबाट मनसुन बाहिरीए पनि फेरी पानी परेको छ । मौसमविदका अनुसार मौसम बुधवार सम्म सक्रिय हुनेछ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस्