२०८२ बैशाख १२ गते बिहिवार

स्वास्थ्य मन्त्रालयद्धारा ‘संक्रमितलाई दश दिनमै डिस्चार्ज गर्न निर्देशन’



२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल तथा आइसोलेसन सेन्टरबाट दश दिनमै डिस्चार्ज गर्न निर्देशन दिएको छ । त्यस्तै, दश दिनमा डिस्चार्ज हुनेहरु अनिवार्य सात दिन होम आइसोलेसनमा बस्नुपर्ने पनि जनाएको छ ।

आइबार (आज) नियमित प्रेसब्रिफिङमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो तीन दिनमा कोरोनाको लक्षण तथा चिन्ह नदेखिएमा संक्रमितहरुलाई दश दिनमै डिस्चार्ज गर्न सकिने बताउनु भएको हो ।

यस अगाडि संक्रमितलाइ दुई साता (१४ दिन)पछि मात्रै डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो । तर, संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएको अवस्थामा सरकारले यस्तो निर्णय गरेको जनाएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्