२ कार्तिक ।पूर्वमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्माले आफूले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै शर्माले भेन्टिलेटरमा राखी उपचार भइरहेका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरालाई हस्तान्तरण गर्ने बताएका छन् । अहिलेको अवस्थामा सांसदलाई भत्ता दिनुको सट्टामा भेन्टिलेटर खरिद गर्न उनले आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौँ । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’