२०८१ माघ ५ गते शनिवार

काठमाडौं मा १ हजार ६ सय ९८ संक्रमित थपिए



२ कात्तिक। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ९८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ४ सय ६९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ३० जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ९९ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५५ हजार ४ सय ८४ पुगेको छ । काठमाडौंमा ४३ हजार ४ सय ९९ जना, ललितपुरमा ६ हजार ३ सय २० , भक्तपुरमा ४ हजार ४ सय १६ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्