२०८१ चैत्र १० गते आइतवार

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु



२ कार्तिक। रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ५५ वर्षिय पुरुषको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो ।

असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष २७ गते अस्पताल भर्ना भई उपचार गराइरहेकोमा आइतबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

डा गौतमका अनुसार कोरोना संक्रमित पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्