विवादित नार्गोनो काराबाग क्षेत्रमा २१ दिन चलेको युद्ध रोक्नको लागि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भएको छ ।
दुई देशबीच युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवै देशले आधा रातदेखि युद्धविराम सुरु भएको जनाएका छन् । यसअघि गएको हप्ता पनि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन ।
प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार