२०८२ बैशाख ११ गते बुधवार

बंगलाचुलीमा पालिका स्तरिय स्वास्थ्यसंस्थाहरुको समिक्षा



२ असोज,घोराही – बंगलाचुली गाउँपालिका अन्तर्गतका स्वास्थ्यसंस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम शुक्रवार बंगलाचुली गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्यसंस्थाहरुले वार्षिक प्रगती प्रतिवेदन सार्वजाकि गर्दै पालिकाको दुर्गम क्षेत्रका नागरिकसम्म आधारभुत स्वास्थ्य सेवाको पहँुच बढाउदै लगिरहेको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आधारभुत स्वास्थ्य सेवाको अधिकारबाट बञ्चित नागरिकहरु पुर्वाधार विकास र जनशक्ति व्यवस्थापन सँगै दुर्गमको स्वास्थ्य सेवा मजबुत बन्दै गइरहेको बताउनुभएको थियो ।

कार्यक्रममा गाउँपाालिकाका उपाध्यक्ष यमुना घर्तीले प्रसुती सेवाको अधिकारवाट बञ्चित गर्भवती तथा सुत्केरी आमाहरुका लागि पालिकाले प्रोत्साहन कार्यक्रममा मार्फत सेवामैत्री वातावरण निर्माण गरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहीले नागरिक सेवाको अधिकार मजबुत बनाउदै लैजानुपर्ने बताउनु भएको थियो ।

त्यस्तै स्वास्थ्य सेवा क्षेत्रका उत्कृष्ट काम गरेको दुई स्वास्थ्यसंस्था दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । जसमा नियमित सेवा प्रवाह गरे वाफत बंगलाचुली अस्पतालका प्रमुख डा। बसन्त शाह र मातृशिशु सेवा क्षेत्रमा उत्कृष्ट काम गरेको अनमी देवकला बुढा मगर लाई सम्मान सहित पुरस्कृत गरिएको थियो । त्यस्तै स्वास्थ्यसंस्था तर्फ हाँसीपुर स्वास्थ्यचौकी र लोहारपानी स्वास्थ्य चौकीलाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्षले भक्त बहादुर वली गर्नुभएको थियो भने समापन उपाध्यक्ष यमुना घर्तीले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्