२०८१ भाद्र २९ गते शनिवार

खरको छानोमुक्त अभियान : जनताले पाएनन् टिन, जसको अध्यक्षमा शसिराम गिरी



घोराही, २ भदौ । खरको छानोमुक्त कार्यक्रम अन्तरगत फारम भरेका स्थानीयहरुले टिन अझै नपाएको गुनासो गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं १९ साविकको सैघाका १४ घरधुरीको लागि खरको छानो हटाएर टिनको व्यवस्था गर्ने निर्णय गरिए पनि कार्यान्वयनमा भने ढिला सुस्ती देखिएको हो ।

वडाको ४ लाख र उपमहानगरपालिकाको ४ लाख गरि जम्मा ८ लाखको योजना रहेको छ । असार मसान्तमै रकम भुक्तानी भए पनि अझै पनि टिनको कुनै चहलपहल नभएको कारण उपभोक्ताहरु कतै टिन लगाउने सपना सपनामै सिमित पो हुने हो कि भन्नेमा चिन्तित बनेका छन ।

८ लाख बजेटको भुक्तानी भइसकेको तर उक्त रकम खातामै भएको खरको छानोमुक्त समितिका अध्यक्ष शसिराम गिरीले बताए । उनले १४ घरधुरीको लागि आएको रकम संघिय सरकार मार्फत १ सय १ घरधुरीलाई टिन वितरण गर्ने समयमा गर्ने भएकाले उक्त समयमा सबैलाई टिन वितरण गरिने बताए । उता संघिय सरकार मार्फत आउँने बजेट कहिले आउँछ भनि टुङ्गो लागेको छैन । तर यता खरको छानोमुक्त अभियान समितिले भने पर्खेर बसेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्