२०८१ माघ २६ गते शनिवार

लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु



२ भदौ, लमजुङ –

लमजुङमा आफ्नै घरमा विजुलीको करेन्ट लागेर एक महिलाको निधन भएको छ । राईनास नगरपालिका– ८ हर्राबोट डौलिया डाँडाकी ४५ वर्षीया महिलाले विद्युतीय सामग्री चार्ज गर्ने क्रममा करेन्ट लागेर घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

डौलियाडाँडा, पांग्रेफाँटकी ४५ वर्षीया कृष्णकुमारी भुजेलले आफ्नै घरमा लाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनको घटनास्थलमै निधन भएको स्थानीयबासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

साँझपख घर भित्रै लाईट चार्ज गर्ने क्रममा उनलाई विद्युतीय झट्का लागेको अनुमान प्रहरीको छ । उनका श्रीमान मेघबहादुर भुजेल मेलाबाट घरमा आउँदा उनको निधन भइसकेको थियो । तत्कालै उनले छिमेकीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगत्तै प्रहरी घट्नास्थल पुगेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । राती घट्ना भएको हुँदा विहान मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि शव सदरमुकाम बेसीशहर स्थित जिल्ला अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक गौतम बोहराले बताए ।

मृतकको शवलाई जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टम गरि दाह संस्कारका लागि आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिएका छन् । स्वर्गीय भुजेलका श्रीमान् र २ छोरा छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्