२०८१ जेष्ठ ५ गते शनिवार

स्मार्ट लकडाउनका चार किसिम : हार्ड, मिक्स, सफ्ट र मिनिमल



२ भदौं,काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८’ सार्वजनिक गरेको छ।

कार्यविधिमा जोखिम मूल्यांकन र लकडाउनको तह निर्धारणको ढाँचा, समुदायमा कोभिड–१९ संक्रमणको अवस्था निर्धारण गर्ने सूचकहरू, लकडाउनको प्रकृतिअनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र तथा क्रियाकलाप निर्धारण गरिएका छन्।

यस्तै कोभिड संक्रमणको अवस्था निर्धारण गर्दा एक सातामा नयाँ संक्रमितको संख्या, संक्रमितको वृद्धि प्रतिशत, संक्रमणको दर, अस्पतालहरूको व्यवस्थापन क्षमताको सूचकका रूपमा शैया भरिएको संख्या र मृत्युदरलाई आधार बनाइएको कार्यविधिमा उल्लेख छ।

लकडाउनलाई हार्ड, मिक्स, सफ्ट र मिनिमल लकडाउन गरी चार भागमा विभाजन गरिएको छ। संक्रमितको संख्या १५ प्रतिशतभन्दा कम भए मिनिमल लकडाउन गर्ने, १६ देखि ३० प्रतिशत भए सफ्ट, ३१ देखि ६५ प्रतिशत संक्रमित भए मिक्स र ६५ प्रतिशत माथि भए कडा लकडाउन गर्ने कार्यविधिमा उल्लेख छ।

सक्रिय संक्रमित १० प्रतिशतभन्दा माथि भए र ७० प्रतिशतले अस्पतालको शैया ओगटेको भए रेडजोनमा राखिनेछ। कार्यविधिअनुसार, लकडाउन लागू गर्दा रक्षा, प्रतिरक्षा, शान्ति सुरक्षा र कूटनीतिक सम्बन्ध, पूर्ण रूपमा सुचारु गरिनेछ भने कडा लकडाउनमा स्वास्थ्यसेवा इमर्जेन्सी र कोभिड उपचार सेवा खुल्ने, अत्यावश्यक सेवा दिने कार्यालय मात्र संचालनमा ल्याउने, सभा सम्मेलन भर्चुअल गर्ने, आवागमनका लागि स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, उपचारका लागि हिँडेका तथा अत्यावश्यक सामग्री किन्न गएकालाई अनुमति दिइनेछ।
यस्तै मिक्स लकडाउन लागू गर्दा दीर्घरोगीका लागि बहिरंग सेवा दिने, कर्मचारी संख्या एक तिहाइमा नबढ्ने गरी संचालन गर्न दिने, विद्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना गरेर प्रशासनिक कार्य चल्न दिने तर आवागमनका लागि बैंक वित्तीय संस्था, अनलाई डेलिभरी सेवा संचालन गर्न दिने निर्णय भएको छ।

हेर्नुहोस् कार्यविधि

<

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्