२ भदौं, घोराही –
दाङको राजपुर गाउपालिका वडा नम्बर ५ स्थित मनिहिवा वन उपभोक्ता समितिले कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर रहेकोछ ।सूचना अनुसार भदौ १ गतेका दिन यस अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख कृष्णकुमार निरौला लगायतको टोलीले स्थलगत निरिक्षण गर्दा यथार्थ भएको देखिएको छ ।
सो कार्य गर्नेहरुलाई तत्काल कानून बमोजिम कारबाही गर्न डिभिजन बन कार्यालय लमहीका डी एफ ओ लाई निर्देशन गरिएको एवं प्रमुख जिल्ला अधिकारी लाई समेत अवगत गराईएको छ । यस्ता कार्यहरु अन्यत्र पनि भएगरेको देखिए सूचित गर्न अख्तियार नेपालगन्जले अनुरोध गरेको छ।।