२०८१ माघ ५ गते शनिवार

सेयर बजारले फेरि बनायो रेकर्ड, परिसूचक ३२ सय नजिक



२ भदौ, काठमाडौं –

बुधबार सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्डमा पुगेको छ। यस दिन परिसूचक ३२ सय नजिक पुगेको छ । आज ३८.२८ अंकले बढेर परिसूचक ३१९८ मा कायम भएको हो ।

२१ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमको रेकर्ड भने यसअघि आइतबार सबैभन्दा धेरै २१ अर्ब ६२ करोड रुपैयाँको बनेको थियो ।

यस दिन बैंकिङ १६, होटल तथा पर्यटन ६, विकास बैंक ३३०, जलविद्युत ५१, फाइनान्स १४८, निर्जीवन बीमा ८३, उत्पादन २५५, अन्य ३, माइक्रोफाइनान्स १, जीवन बीमा १५१ र लगानी समूह १ अंकले बढे । ब्यापार समूह भने १५ अंकले घटेको छ ।

६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट, अरुणभ्याली, जीवन विकास लघुवित्त, अरुण काबेली, आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो । गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य ९ प्रतिशतले बढेको छ ।

आरएसडिसी लघुवित्त र खानीखोला हाइड्रोको मूल्य ३ प्रतिशतले घटेको छ । कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो ।

सो कम्पनीको ७८ करोड रुपैयाँको कारोबार हुँदा अपि पावरको ६३ करोडको कारोबार भयो । लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

 

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्