२ भदौ, घोराही –
लामो समयदेखी अलपत्र अवस्थामा रहेको घोराही तुलसीपुर चारलेन सडक निर्माणको काम आगामी आईतबारदेखी सुरु हुने भएको छ । यसअघि निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले काम छाडेपछि अहिले निमार्ण व्यवसायी परिवर्तन गरेर काम गर्न थालिएको हो ।
चारलेन सडक स्तरउन्नति परियोजना र निर्माण ठेक्का पाएको तथ्य ईन्जिनियरिङ एण्ड इन्फ्रास्टक्चर प्रोजेक्टका प्रतिनिधिले आईतबारबाट काम पुनः सुरु हुने जनाएको चारलेन सडक स्तरोन्नति परियोजना कार्यालय लमहीले जनाएको छ ।
अहिले निर्माणको जिम्मा लिएको ब्रमायणी निर्माण सेवाका निर्माण व्यवसायी दोर्ण दुलालले आईतबारबाट सडकको काम सुरुहुने बताउनु भएको छ । साथै उहाँले अव निर्माणका लागी बाँकी रहेको १७ महिनामा ५० प्रतिशतभन्दा धेरै काम सम्पन्न गर्ने योजनाका साथ आफुले काम गर्न लागेको उल्लेख गर्नुभयो ।।