२ भदौ, काठमाडौं –
एमाले माधव नेपाल समूह नयाँ दल दर्ताको प्रक्रियामा अघि बढेको छ । राष्ट्रपति कार्यालयबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै आजै नयाँ दल दर्ताको प्रक्रियाका लागि नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा छन् ।
नयाँ दलको चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार नेकपा एमाले समाजवादी वा नेकपा समाजवादी मध्ये एक नाम हुनेछ ।
‘धेरै संभावनाहरूमध्ये विकल्प निर्वाचन आयोगबाटै हेर्ने भनिएको छ । नेकपा एमाले समाजवादी वा नेकपा समाजवादी यस्तै मध्ये कुनै एकमा हेर्ने भन्ने छलफल भएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार