२०८२ बैशाख ११ गते बुधवार

अध्यादेश तत्काल फिर्ता नलिए सडक संघर्ष गर्ने एमालेको चेतावनी



२ भदौ, काठमाडौं –

सरकारले जारी गरेको राजनतिक दलसम्बन्धी अध्यादेश तत्काल फिर्ता नलिए नेकपा एमालेले सडक संघर्ष गर्ने चेतावनी दिएको छ । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले संक्षिप्त कुराकानी गर्दै अध्यादेश फिर्ता नलिए सडक संघर्ष गर्न पनि पछि नहट्ने बताएका हुन् ।

एमाले विभाजनकै लागि सरकारले अध्यादेश ल्याएको भन्दै उनले तत्काल फिर्ता गरिनु पर्ने बताए । ‘एमाले विभाजनकै लागि अध्यादेश ल्याइएको हो’ उनले भने, ‘हामी यसको विरोध गर्छौ । अध्यादेश तत्काल फिर्ता हुनुपर्छ ।’

एमालेमा माधव नेपाल पक्षलाई सांसदको मान्यता हुने गरी सरकारले दल विभाजन गर्न २० प्रतिशत सांसद भए पुग्ने गरी अध्यादेश ल्याएको हो ।
१२१ सांसद भएको एमालेमा सांसदको मान्यता पाउनको लागि दल फुटाउँदा नेपाल पक्षले २५ जना सांसदको संख्या पुर्याउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्