२०८१ माघ ५ गते शनिवार

दाङका चार स्थानबाट मतदाता नामावली संकलन सुरु



२ भदौ, घोराही – दाङको तुलसीपुरबाट मंगलवार देखी मतदाता नामावली संकलन कार्य सुरु भएको छ । पश्चिम दाङका नागरिकहरुलाई सहज र पायक पर्ने गरी ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गरिएको छ ।

नेपाली नागरिकता प्राप्त गरेका तर फोटो सहितको मतदाता नामावली नभएका नागरिकहरुलाई लक्षित गदै तुलसीपुरबाट पनि मतदाता नामावली संकलन कार्य सुरु गरिएको ईलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो ।

कार्यालयबाट पहिलो दिन ३६ जनाले फोटो सहितको मतदाता नामावली बनाएको उहाले जानकारी दिनुभयो । यस अघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक हुदै आएको थियो ।

अव जिल्लामा चार ठाउँबाट मतदाता नामावली संकलन सुरु गरिएको छ । निर्वाचन कार्यालय सहित जिल्ला प्रशासन र लमही तथा तुलसीपुरको ईलाका प्रशासन कार्यालयबाट पनि मतदाता नामावली अद्यावधिक गर्न सकिने छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्