२०८१ जेष्ठ ३० गते बुधवार

सल्यानमा करेन्ट लागेर एक युवकको मृत्यु



२ असार, सल्यान –  सल्यानका एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान घर नजिकै पोलमा विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको हो ।

कालिमाटी गाउँपालिका ३ ढोढेनी निवासी २५ वर्षिय बविन भण्डारीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभएको छ ।

डिएसपी खड्काका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारीको सामान्य उपचारपछि थप उपचारका लागि दाङ रेफर गरिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्