२०८१ असार ६ गते बुधवार

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल



४ असार,काठमाडाैं – सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्। शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन्।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालेमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए।​

प्रियंकालाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी थिइन्। यस वर्षको मिस नेपालमा २४ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियाेगिताकाे आयाेजना द हिडन ट्रेजरले गरेको हो।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्