२०८१ जेष्ठ ३० गते बुधवार

एम्बुलेन्स १० महिनादेखि बिग्रिएर थन्कियो, सुत्केरीलाई समस्या



४ असार, दाङ – दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सिसहनियाँ स्वास्थ्य चौकी एम्बुलेन्स विहिन भएको छ । स्वास्थ्य चौकीमा विगत १० महिना देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । तर एम्बुलेन्स मर्मत तथा सञ्चालन गर्न सम्बन्धित निकायले चाँसो नदिदा त्यसको मार स्थानीयले व्यहोर्नुपरेको स्थानीयले बताएका छन् ।

विभिन्न मितिमा भएको दुर्घटनाले सो एम्बुलेन्स बिग्रिएर थन्काउनु परेको स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्काले जानकारी दिनुभयो ।

थोरै खर्चमा मर्मत गरेर चलाउन मिल्ने भएमा असार महिना भित्रै सञ्चालन गर्ने यदि त्यो पनि सम्भव नभएमा गाउँ कार्यपालिकाको बैठक मार्फत यश आर्थिक वर्षमा गाउँपालिकाको लगानीमा नयाँ एम्बुलेन्स खरिद गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्