४ असार,घोराही – लमही नगरपालिकाले छाडा पशु चौपायालाई व्यवस्थापन गर्न थालेको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले छाडा पशु चौपायालाई व्यवस्थापन गर्ने भनेर निर्णय गरेको हो ।
छाडा पशु चौपायाले बजार तथा गाउँ घरमा सताउने गरेको व्यापक गुनासो बढ्न थालेपछि नगरपालिका, देउखुरी उद्योग वाणिज्य संघले व्यवस्थापनको लागि पहल थालेको हो ।
नगरपालिकाले साना ठुला गरि झन्डै पचास वटा गाई गोरुलाई ट्रकमा लोड गरि लमही नगरपालिका वडा नम्बर ७ मा रहेको टेङ्नैया र वडा नम्बर ९ रिहारमा रहेको गौशालामा पठाइएको छ ।
नगरपालिका भित्र रहेका गौशालालाई राम्रो व्यवस्थापन गर्ने र ती पशु चौपायाको हेरचाह गर्नका लागि मासिक रुपले पारिश्रमिक दिएर केही गोठाला राख्ने योजना रहेको नगर प्रमुख चौधरीको भनाई छ ।।